लण्डन। इङल्याण्डको एक कम्पनीका लागि पूरै देशमा काम गर्नको लागि सफाइ कर्मचारीको आवश्यकता परेको छ । यसको लागि कम्पनीले काम गर्ने कर्मचारीलाई प्रतिघण्टा ४५ पाउण्ड (६६६७ नेपाली रुपैयाँ) तलब दिने भएको छ । तर, यति धेरै तलब दिँदा पनि कम्पनीले सफाइ कर्मचारी पाउन सकिरहेको छैन । खासमा यो सबै एक शर्तका कारण भइरहेको छ जुन शर्त पूरा नगर्दासम्म कसैले पनि जागिर पाउने छैनन् ।
लण्डनमा प्रधान कार्यालय रहेको सफाइ कम्पनी नेचुरिस्ट क्लिनर्सले कर्मचारी आवश्यक भएको सूचना निकालेको हो । उसलाई ठूलो संख्यामा महिला पुरुष सफाइ कर्मचारीको आवश्यकता परेको छ । तर, उसको विचित्र शर्तका कारण कोही पनि यो काम गर्न तयार छैनन् । उसको शर्त हो – सफाइ कर्मचारीले निर्वस्त्र भएर घरको सफाइको काम गर्नुपर्छ । उसको एकमात्र शर्त यही हो कि कर्मचारीले सफाइको काम गर्दा कुनै पनि कपडा लगाउन पाउँदैनन् ।
अम्पनी कुनै पनि शारीरिक रंग, आकारप्रकार भएका व्यक्तिलाई काममा राख्न तयार छ । यसको लागि कुनै किसिमको अनुभवको पनि आवश्यकता नभएको बताइएको छ । कम्पनीले आफ्नो गुप्तांग मात्र छोपेर काम गर्न चाहने कर्मचारीलाई पनि जागिरको अवसर दिएको छ तर यसको लागि भने मात्रै २५ पाउण्ड (३७०० नेपाली रुपैयाँ) प्रतिघण्टा तलब दिइनेछ । कम्पनीमा काम गर्ने महिला कर्मचारी एनाका अनुसार यो कम्पनीका धेरैजसो ग्राहक पुरुष छन् जो एक्लै बस्छन् । उनीहरु २० वर्षदेखि ५० वर्षसम्मका छन् ।
एनाका अनुसार जब उनले यो जागिरको बारेमा थाहा पाइन् उनी निकै उत्साहित भइन् किनकि उनलाई नग्न भएर रहन निकै मन पर्छ । अर्कोतर्फ अन्य एक महिला कर्मचारीले भने आफूलाई नग्न रहन पटक्कै मन नपर्ने तर आकर्षक पारिश्रमिकका कारण मात्र यो काम गरिरहेको बताइन् । सुरुसुरुमा आफू निकै असहज हुने गरेको भए पनि अब भने बानी भएको उनले बताइन् । कम्पनीले आफ्ना कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिने र यो आफ्नो पहिलो प्राथमिकता भएको बताएको छ ।



