एजेन्सी। सामाजिक संजालमा यतिबेला अजिङ्गरले एक चरालाई घर बाहिर रहेको टिभी एन्टिनामा झुण्डिएर खाएको दृश्य भाइरल बनिरहेको छ।
उक्त घटना अष्ट्रेलियाको उत्तरी न्यू साउथ वेल्सस्थित किङ्गसक्लिफ भन्ने ठाउँमा घटेको हो।

भिडियोलाई सोही घटना घटेको घरकी एक महिलाले खिचेकी हुन्। उनी सो घरको मालिक भएको डेलिमेलमा जनाइएको छ।

डेलिमेलमा उल्लेख समाचारअनुसार तीन मिटर लामो अजिङ्गर र चराको उक्त दृश्य आफ्नो क्यामेरमा कैद गर्नुअघि ती महिला घरभित्र टिभी हेरिरहेकी थिइन्।

 

जब टिभीमा एक्कासी खराब आयो तब उनी टिभीको एन्टिना मिलाउन भन्दै बाहिर निस्केकी थिइन्। तर एन्टिना मिलाउन निस्केकी महिलाले त्यस्तो दृश्य देखेपछि चकित भइन्।

उनले उक्त दृश्यलाई पछि क्यामेरामा कैद गरेपछि फेसबुकमा हालेकी थिइन् जुन निकै भाइरल भइरहेको छ। उनले आफ्नो फेसबुकमा यस्तो दृश्य कहिल्यै नदेखेको भन्दै भिडियो पोष्ट गरेकी छिन्।

भिडियोमा उक्त अजिङ्गरले चरालाई खाएको नदेखाइएपनि डेलिमेलका अनुसार अजिङ्गरले चरालाई खाएको महिलाले बताएकी छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय