फ्रान्स। फ्रान्सको एक फ्लाइटमा यस्तो घटना घट्यो, जुन देखेर त्यहाँ यात्रा गरिरहेका यात्रुहरु हैरान भए। फ्रान्सबाट लस एन्जेलिसको लागि उडेको फ्लाइटमा एक व्यक्तीले आफ्नो पाइन्ट खोलेर घुम्न लागे। त्यसपछि उनले आफूँले लगाएको मोजा पनि खोलेर आफ्नो सिटमा आराम गर्न लागे। यो देखेर फ्लाइटमा रहेका यात्रुहरुका साथै उनको छेउमा बसेकी महिलाले निकै असहज महसुस गरे।
ती व्यक्तीको छेउमा बसेकी महिलाले रिसाएर फ्लाइटमा रहेका कर्मचारीलाइृ आफ्नो समस्या बताइृन्। तर ती कर्मचारीले उक्त व्यक्तीलाई अण्डरवेयरमा देखेर पनि केही बोलेनन्। बरु उल्टै ती महिलालाई सिट परिवर्तन गर्न भने। तर अर्को सिट निकै अफ्ठ्यारो भएकोले उनले सिट परिवर्तन गर्न मानिनन्।
त्यही फ्लाइटमा रहेकी एक महिलाले ती व्यक्तीको तस्वीर खिचेर सामाजिक संजालमा शेयर गरिन। यो देखेर धेरै मानिसहरु अचम्मीत भए। उक्त फ्लाइटमा रहेका केही व्यक्तीहरुले उनलाई इज्जतसँग बस्न भने तर उनले कसैको कुरा नसुनी वाइन पिएर सुते। केही समयपछि जहाजमा चिसो बढ्न थालेपछि उनले कपडा लगाए।



