काठमाण्डौ – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गएकाे बुधबार भने सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको थियाे । यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनकाे भाउ ५ वर्षअघिकै अवस्थामा पुगेकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।