काठमाडौं । गत बुधबार एकै पटक ६ सय रुपैयाँ बढेर ६ वर्ष यताकै महँगोमा कारोबार भएको सुनको मूल्य आज आईतबार ह्वात्तै घटेको छ।

आज आईतबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ रहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।