काठमाडौँ । साताको दोस्रो दिन आज आईतबार अमेरिकी डलर, कुवेती र बहराईन दिनारको मूल्य बाहेक सबै देशको मूल्य ओरालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ १३ पैसा रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९८ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ९९ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ८७ पैसा रहेको छ।

आज बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ७४ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर