काठमाडौँ । विवाहको सिजन भएकोले होला पछिल्लो समय सामाजिक सञ्जालमा विवाहमा बेहुला बेहुलीले गरेको डान्स भिडियोहरु भाइरल भएका छन् । यस्तै यतिबेला सामाजिक सञ्जामा निकै रुचाइएको बेहुला बेहुलीको डान्स भिडियो भाइरल भएको छ ।

गुरु रंधवाको चर्चित गीत ‘इशारे तेरे कंगडे ने’ मा बेहुलीले खतरा डान्स गरेकी छन् । विवाहमा आएका पाहुनासँगै डान्स गरेकी बेहुली निकै लजाइन् । यहि क्रममा बेहुलीको डान्स देखेर बेहुलाले कर्के नजर लगाएर हेरेपछि बेहुलाको हेराइ देखेर कसैले हाँसो रोक्न सकेनन् ।
यो भिडियो सामाजिक सञ्जालमा पोष्ट भएलगतै राम्रो भिओर्स कमाएको छ । भिडियोले युट्युबमार्फत ३५ लाख ८० हजार भन्दा बढी भिओर्स कमाएको छ ।



