काठमाडौ । केही मानिसहरु यात्राको क्रममा अनौठो , अनौठो हर्कत गर्ने गर्दछन् । कसैको धेरै कराउने बानी हुन्छ , कसैको चुप लागेर बस्ने बानी हुन्छ भने कसैले आफ्नो यात्रा क्रममा भगवानसँग प्रार्थना गर्ने गर्दछन् । जसले गर्दा बेलाबेलामा समाचारहरुमा जहाजमा यात्राको क्रममा गरेका विभिन्न कार्यहरु चर्चामा आउछन् ।

केही वर्ष अघि मात्र एक यात्रीले खराब मौसमका कारण उडान रद्द भएपछि आफैं आफ्नो लगेजमा आगो लगाएका खबर चर्चामा आएको थियो ।आज हामी तपाईलाई यस्तै एउटा जहाजमा भएको अनौठो घटनाको बारेमा बताउन गइरहेका छौ । जुन सुनेर तपाई आफै अचम्म मान्नुहुन्छ ।
यो घटना पाकिस्तानको इस्लामाबादको हो । त्यहाँ एक यात्रुले विमान उड्न लाग्दा विमान दुर्घटनाग्रस्त होस् भनी प्रार्थना गरेका थिए । त्यसपछि उनको कुरा पाइलट र यात्रुहरुले सुनेपछि सबैमा एक किसिमको डर पैदा भयो । उनको नाम खलिल भएको बताइन्छ । उनी दुबइ हुँदै अस्ट्रेलिया जाँदै थिए । त्यसैले तत्काल उड्न लागेको जहाज रोकेर ती यात्रुलाई बाहिर निकालिएको थियो ।
पाइलटका अनुसार एक यात्रुको कुराले आफ्नो दिमाखी माहोल बिग्रिनुका साथै सबै यात्रुहरु त्रसित भएकाले उनलाई बाहिर निकालिएको बताए । उनको नाम बाहेक बाकीँ परिचान खुलाइएको छैन् ।



