बिष्णुप्रसाद पोखरेल
दमक, असोज ८ गते । नेपाल–भारत सिमामा हुने अपराधिक कृयाकलाप लगायतका बिभिन्न समस्याहरु सामधानका लागि सामुहिक प्रयत्न गर्नका लागि दूइदेशका क्षेत्रिय सुरक्षा प्रमुखहरुले सहमति जनाउनु भएको छ । नेपाल पक्षले चाडपर्वको समयमा भारतबाट फर्कने नेपाली कामदारहरुको सुरक्षालाई समेत प्राथमिकताका साथ उठाएको र त्यसमा भारतीय समकक्षिले गम्भिरताका साथ लिएको शसस्त्र प्रहरी बल पुर्वाञ्चल क्षेयित्र प्रमुख डिआइजि सुरजकुमार श्रेष्ठले बताउनु भयो ।
शशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुर मेचीमा भएको समन्वयत्मक बैठकमा पुर्वी पहाडि जिल्लाहरुका नाकाहरुमा हुनसक्ने अपराधिक गतिबिधि, यि नाकाहरुलाई मानवतस्करहरुलाई प्रयोग हुन नदिन सचेतता, सिममा दूई देशका नागरिकहरुले भोग्नु परेका समस्याहरुको सामधान लगायतका बिषयमा भारतको सिक्किम गान्तोकाका सिमा सुरक्षा बलका डिआइजि बन्दन साक्सेना लगायतका उपस्थिति रहेको शशस्त्र प्रहरीबलका डिआइजि श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार तराईका नाकाहरुबाट बढि चोरी तस्करी तथा मानव बेचबिखन लगायतका अपराधिक कृयाकलापहरु भइरहेकाले यहा बढि ध्यान जादा पहाडि नाकाहरु समेत प्रयोग हुन सक्ने भएकाले दूइदेशका सुरक्षाकर्मीहरुले समन्वय गरेर यस्तो कार्यलाई निरुत्साहित गर्न सकिने बैठकको निष्कर्ष रहेको छ । बैठकले प्रत्येक युनिटहरुमा एकजना सम्पर्क अधिकृत तोक्ने र सूचना आदानप्रदान गर्ने सहमति बनेको छ । श्रेष्ठले भन्नुभयो–‘तीन÷तीन महिनामा आलोपालो समन्वयत्मक बैठकलाई निरन्तरता दिइने छ ।’

चाडपर्व तथा बिशेष गरेर दशैतिहारको समयमा कामको खोजिमा भारत गएका नेपालीहरु भारतबाट नेपाल फर्कने क्रममा सिमामा दूब्र्यवहार खेप्नु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूहरुले उठाएको मागलाई भारतीय पक्षले गम्भिर रुपमा लिएको र अब त्यस्तो दूब्र्यवहार हुन नदिने प्रतिबद्धता आएको श्रेष्ठको भनाई रहेको छ । उहाँले भन्नुभयो–‘सिमामा नेपाल फर्कदा नेपालीहरुले दूब्र्यवहार खेप्नु नपर्ने अवस्था आउनेछ भन्नेमा हामी बिश्वस्थ भएका छौ र उहाँहरुले बिश्वास दिलाउनु भएको छ ।’
बैठकपछि भएको पत्रकार सम्मेलनमा गान्तोकका सिमा सुरक्षा बलका डिआइजि बन्दन साक्सेनाले नेपाल भारतको सम्बन्ध सदियौदेखि भएकाले यसलाई अझ गाढा बनाउनका लागि सिमामा हुने सबै प्रकारका अपराधिक कृयाकलाप रोक्नका लागि साझा धारणा बनाएर अघि बढ्ने सहमति भएको छ । आफूहरुको बैठक सौहार्दपूर्णं रुपमा सकिएको र उपलब्धिमूलक भएको समेत साक्सेनाले जनाउनु भयो । उहाँले भन्नुभयो–‘बैठकले गरेका सहमतिहरुलाई कार्यन्वयन गर्नका लागि हामी लाग्नेछौ ।’ बैठक सौहार्दपूर्ण वातवरणमा सम्पन्न भएको शसस्त्र प्रहरी बल पाथिभरा गणका गणपति प्रेमप्रसाद पोखरेलले बताउनु भयो । उहाँका अनुसार आतिथ्य गणले गरेको थियो ।
तस्विर बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah