काठमाडौ । कुनै कुनै स्वास्थ्य समस्याको मानिसहरुले एउटै सानो उपाय अपनाएर समाधान गर्न सक्छन् । तर त्यो उपाय झट्ट सुन्दा हावा जस्तो लाग्छ । यदि उक्त उपाय अपनाएर केही स्वास्थ्य समस्याको उपचार गरियो भने साच्चै नै ठिक हुन्छ । आज हामी त्यस्तै टाउको दुख्ने ,अनिन्द्रा र तनाव हटाउने विधीको बारेमा बताउन गइरहेका छौ । जुन प्रयोगबाट सिद्ध गरिएको तथ्य हो ।

त्यसका लागी सुरुवातमा आफ्नो निधारको आखिभैँको बिच भाग एक औलाले करिब ४५ सेकेन्ड जति मज्जाले मालिस गर्नुस् । यो मसाजले गर्दा शारिरीक रक्तसञ्चारलाई सहि ढंगमा राखी शारिरीक दुखाईलाई कम गर्दछ । त्यस्तै मस्तिष्कमा पाईने (इण्ड्रोफिन्स) एक प्रकारको हर्मोनले मतिष्कमा हुने तनाव , दुखाई हटाई हौसला प्रदान गर्दछ । जुन मसाजले मनलाई आनन्द महसुस गराउने भएकाले यदि अनिन्द्राको समस्या छ भने पनि हटाउछ ।



