काठमाडौं । आज मंगलबार सुनको मुल्य ओरालो लागेको छ। सोमबारको तुलनामा आज २ सय रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मुल्यसँगै आज चाँदीको मुल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



