काठमाडौं । आज बुधबार सुनको मुल्य उकालो लागेको छ। मंगलबारको तुलनामा आज सुन ३ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मुल्यसँगै आज चाँदीको मुल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।