काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य ओरालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय ९ रुपैयाँ ९५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ८ पैसा, १ सय ४५ रुपैयाँ ८७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ। युएई दिराम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९६ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




