काठमाडौं । आज मंगलबार सुनको मूल्य झन् ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँ घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।