दमक/नगरपालिका वडा नं. २ संगको सहकार्यमा स्थानीय प्रतिफल कृषि सहकारी संस्थाले यस वाडका किसानहरुलाइ अग्र्यानिक खेतीका लागि आकर्षित गर्न ब्यवहारिक ज्ञान प्रदान गर्न शुरु गरेको छ ।

वडा कार्यालयको आयोजना र सहकारीको सञ्चालनमा भएको प्रथम चरणको कार्यक्रममा ८० किसानहरु सहभागि भएको सहकारीका अध्यक्ष खेम सापकोटा (के.एन) ले जनाएकाछन् ।

अर्को चरणमा थप यहि संख्यामा किसानहरुलाइ सहभागिता गराएर कार्यक्रम गर्ने तयारी पनि शुरु भएको सापकोटाले जनाएकाछन् । किसानहरुलाइ शब्जिखेतीका लागि बिउ समेत उपलब्ध गराईएको बताईएको छ ।

किसानहरुलाइ अग्र्यानिक बिधिबाट शब्जि खेतीमा प्रेति गर्न घरेलु बिषादी बनाउने तरिकादेखि यसको फाइदाहरुको बिषयमा दमक नगरपालिकाका कृषि तथा बाली शाखाका गोविन्द आचार्य र महेन्द्र बोहोराले सहजीकरण गरेका थिए ।

वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाले बिषादीको न्यूनिकरणका लागि र अग्र्यानिक उत्पादनमा जोड दिन वडा कार्यालयले यस कार्यक्रमलाइ निक्कै महत्व दिएको जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर