#

कमल गाँउपालिकामा माटो सुधार गर्न कृषि चुन र उत्पादन लागत घटाउन मेशिनरीमा अनुदान नै अनुदान

    २०७५ चैत्र ६, बुधबार १४:३६ मा प्रकासित

कमल । झापाको कमल गाउँपालिकाले माटोमा अम्लिय पन बढे पछी कृषकहरुलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ ।

कृषि उपज उत्पादन बृद्धिका लागि विगत लामो समय देखि प्रयोगमा ल्याइएको रसायनिक मलका कारण माटोको उत्पादन शक्ति क्रमस ह्रास हुदै अम्लिय पन वढेको कुरालाई मध्यनजर गर्दै कमल गाउँपालिकाले कृषक, कृषक समुह र सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको कमल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रेम पोखरेलले जानकारी दिए ।

कमल गाउँपालिकाबाट रु ३ लाख २४ हजार वजेट निर्धारण गरी कृषक पनि रु ३ लाख २४ हजार लागत सहभागिता गरि कुल ६ लाख ४८ हजारमा प्रतिवोरा ५० केजी तौलका १६ सय २० वोरा कृषि चुन वितरण गरेको हो । यस आर्थिक वर्षमा कमल गाउँपालिकाले १० वटा पावर टिलर, ५० वटा साना सिंचाई, ७ वठा धान काट्ने मेसिन, १० थान मकै छोडाउने मेसिन, २९ वटा मकै रोप्ने मेसिन मध्ये निवेदन कम परेका कारण २२ वटा, लाइनमा धान रोपेका कृषक, कृषक समुह, सहकारीलाई २० थान धान गोड्ने विडर, तरकारी खेति तथा नर्षरी ब्यवस्थापनका लागि प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, स्प्रे ट्याङ्की ३५ थान लगायतका कार्यक्रमहरु सञ्चालन हुने गाउँपालिका कृषि विकास शाखाका प्रमुख प्रेम पोखरेलले जानकारी दिए ।

कमल गाउँपालिकाको लखनपुर क्षेत्र अन्तर्गत सिम्लेदेखि लालपानीसम्म यसै आर्थिक वर्षमा ७ वटा स्थलगत तालिम सञ्चालन गरिएको छ । जसमा ४ वटा आइपियम कृषक पाठशाला, कृषि मेला प्रदर्शनी, गाउँपालिका भित्रका प्रत्येक वडा वाट ५ जनाका दरले उत्कृष्ट कृषक पुरस्कार वितरण, प्राङ्गारिक खेती उन्मुख गाउँपालिका वनाउँनका लागि जैविक मल तथा विषादीलाई प्राथमिकता दिएको थियो ।

कमल गाउँपालिकाले यसै आर्थिक वर्षमा रु १० लाख वजेट ब्यवस्थापन गरी उत्पादन र केर्खा वजारमा विक्रि केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइने गाउँपालिकाका उपाध्यक्ष वेनु प्रसाद सिवाकोटीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको क्षेत्र भित्रका कृषकले उत्पादन गरेको च्याउको वजारीकरणका लागि लखनपुर स्थित पाडाजुँगीमा थोक तथा खुद्रा विक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ ।

गाउँपालिकाले सहयोग गरेको कृषि चुन र स्थानिय आइपियम कृषि सहकारी सँस्थाले उत्पादन गरेको जैविक ढुसि नासक विषादी टाइकोडर्मा वितरण गर्दै उपाध्यक्ष शिवाकोटीले भने कमल गाउँपालिका भित्रको ठुलो संख्यामा नागरिकहरु कृषिमा आश्रित रहेको हुँदा गाउँपालिकाले सम्बृद्धी हाँसिल गर्न कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ । वजेट निर्माण गर्ने समयमा कृषक समुह सहकारीवाट नै सफल हुने प्रकृतिका कार्यक्रमहरु छनोट गरी पेश गर्न आग्रह गर्दै उपाध्यक्ष शिवाकाटी भन्छन् ब्यवसायिक रुपमा पशु पन्छी पालन गर्ने कृषकहरुलाई सवल र सक्षम वनाउनका लागि पालन गरेका पशुपन्छीको संख्याको आधारमा अनुदानको ब्यवस्था गरेको वताएका छन । साथै आगामी वर्ष तय गरिने कार्यक्रम तथा वजेट सुझाव संकलन गरी तय गरिने पनि उपाध्यक्ष शिवाकोटीले जनाकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

Loading…

Loading...

सम्बन्धित शीर्षकहरु