काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ५९ जहार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



