काठमाडौँ । हरेक व्यक्तिले विवाहपछिको पहिलो रात आर्थत सुहागारतलाई संभोगको विषयलाई लिएर चर्चा परिचर्चा गरिरहेका हुन्छन् । कल्पनामा पहिलो सम्भोग र सुहागरातको कल्पना जति मिठो र सुन्दर रहेको हुन्छ यथार्थ भोगाई त्यो भन्दा विल्कुल फरक हुन्छ ।
आपसी अनुभवलाई बराबरी बाँडेर भोग गरिन्छ त्यसलाई नै सम्भोग भनिन्छ ।

सम्भोग भन्ने बित्तिकै यौनसम्पर्क भन्ने बुझिन्छ । त्यही शब्दलाई बुझाउन प्रयोग गरिन्छ सुहागरात शब्द । सुहागरात पहिलो रातको परिचय हो । प्रेम विवाह नै गरेको भएपनि एक नारी आफ्नो परिवार छोडेर कुनै पुरुषको घरमा पहिलो पटक आफ्नो स्थान लिन आएको दिन हो । नयाँ वातावरणसँग अनविज्ञ हुने हुँदा पुरुषले एकान्तमा भेट्ने बित्तिकै सहजभावले सन्चो बिसन्चो र थकाइको भलाकुसारपछि पारिवारिक वातावरण र आफ्नो सदस्याको बारेमा बताउनुपर्छ ।

नयाँ नारीको आफ्नो परिवारमा भएको आगमनलाई पुरुषले पनि उत्साहित मनले स्वागत गर्नुपर्छ । पुरुषले आफुलाई एक सुन्दरी सुशिल नवविवाहित स्त्रीले आफुलाई पतिको रुपमा ग्रहण गरेकामा कृतज्ञता व्यक्त गर्दा नारीमा भएको संकोच र आशा भरोसामा परिणत हुन्छ । यो समयमा पुरुषले यौनसम्पर्कको लागि हतार नगरी सहज वातावरण बनाउन तिर लाग्दा जीवनसाथीको विश्वास र सम्मान जित्छ । जसले दाम्पत्य जीवनलाई दीर्घकालीन सम्बन्धको सिर्जना र विकासको लागि सहयोग पुग्छ ।

यसबाट नवविवाहित नारीले थकाइ र नयाँपनको कारण दबाब नदिइ एक अर्काको अनुभव साट्दा प्रथम रातको आशंका र द्धिविधापूर्ण भेटको अन्त्य भयो भने पुरुषको मानसिक कुमारीत्वलाई समपंणको अमूल्य उपहार प्राप्त हुन्छ । सुहागरातलाई एकदिने कर्मकाण्ड हैन दाम्पत्य जीवनको उद्धघाटनको समयमा हुने विशिष्ट मानसिकाताको समुचित व्यवस्थापन गर्ने समयको रुपमा दिनुपर्छ । यसमा सहभागी स्त्रीपुरुषको मानसिक अवस्थालाई तीन चरणमा बाँडेर अध्ययन गर्नु राम्रो हुन्छ ।

आश्वासन, मित्रता र यौनसम्पर्क । पहिलो रातको संवादले त्यसपछि पाइने शारिरिक विश्रामले दम्पतीलाई मानसिक र शारिरिक रुपमा ताजा बनाउँदै एकअर्काप्रति आस्वस्त पर्छ । दोेस्रो चरणमा मैत्रीभावको सुरु हुन्छ । यो अवस्थामा दम्पती बिच खुलेर कुराकानी हुन्छ । जुन समयमा अतीत र वर्तमानसमेत खोतल्ने कोसिस हुन्छ । ख्यालठट्टाको आदनप्रदान हुन्छ । जति कुरा गरेपनि बोल्न बाँकी कुराहरुको थपिदै जान्छन् । जन्मजात स्वभावले गर्दा पुरुषले आफ्नो पत्नीलाई आँखाको तराजुमा नापतौल गर्न भने छोड्दैनन् । तर पत्नीको मनमा भने शारिरिक पक्षले ठाउँ पाएको हुँदैन् ।

विश्वासको आधार पत्ता लगाउने ठाउँको खोजीमा व्यस्त हुन्छे । दुवैको खोजीबाट निस्किएको समझदारी नै मित्रवत् हुन्छ । त्यो नै मित्रवत् सम्बन्धको समझदारी हो । पुरुषहरबीचको सबै प्रणय सम्बन्धहरु मित्रताबाट परिचयको बाटो हुँदै यौनसम्बन्ध सम्म पुग्छ । सुहागरात र अन्य सबै विवाह स्थापित हुन सक्ने सम्भोगको बेला प्रक्रिया पुरा गर्नेको आग्रह भन्दा प्रक्रियाको मह बुझ्नेको बलियो हुन्छ ।

यी प्रक्रियाहरुलाई भिडियो वा सिडी जसरी अघि बढ्न दिनु हुँदैन् । अरु बेलाको यौन सम्बन्ध जस्तो रोमान्टिक नभएर यौन सम्बन्ध ओजपूर्ण लचकता हुनुपर्छ । सुनको फुल पार्ने कुखुरीलाई एक्दै दिनमा काटेर खानुभन्दा हुर्काएर राख्नुपर्छ । यस्तो जुक्तिलाई गम्भिरताको साथ आत्मासाथ गर्नुपर्छ ।

सुहागरातको अन्तिम चरण हो प्रणय । यसलाई निवेदन र स्वीकृति भनिन्छ । सुहागरातको प्रत्येक अन्तिम चरण कति लामा र कहिले कुन चरणमा सिद्धिएको हो । कसरी बुझुने भन्ने प्रश्नको उत्तर विश्वमा कसैले दिन सक्दैनन् । यसको उत्तर दिने नवविवाहित दम्पती आफै हुन् । हरेक दम्पतिले सत्कर्ममा जान यी तीन चरणलाई पार गर्नै पर्छ ।

यो भन्दा विकल्पको बाटो नै छैन् । जविनलाई अन्तै तिर लैजाने बाटो खोज्न थालियो भने नसोचेको दुर्घटना हुन्छ । प्रणय निवेदन गर्ने व्यक्ति रथको सारथी अर्थात पुरुष हो । संकेत, व्यवहार र वचनले उपयुक्त समयमा कार्य गर्नुपर्छ । यो निवेदन स्त्रीको कुनै प्रतिरोध बिना निवेदन स्वीकृती हुनु हुँदैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah