काठमाडौं, चैत ११ । साताको दोस्रो दिन सोमबार सुनको कारोबारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, सोमबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।



