काठमाडौं – एक २८ वर्षीया महिलाले कसैको मदत बिना बच्चाको जन्म दिएकी छन् । उनले सुत्केरीको लाइभ भिडियो समेत सेयर युटूवमा सेयर गरेकी छन् ।

लाइभ भिडियो शुरु गरेको ३५ मिनेटपछि बच्चाको जन्म भएको छ । ती महिलाले घरमै बच्चाको जन्म दिएकी छन् । अमेरिकाको मिस्सौरी बस्ने महिलाका ३८ वर्षीया पति आइटी स्पेशलिस्ट हुन् । करा बेकरले दिएको जानकारी अनुसार उनले प्राकृतिक तवरले बच्चाको जन्म दिएकी छन् ।
कराले पहिलो बच्चा जन्माउँदा निकै दिक्कद भएको बताइन् । मेडिकल बिल समेत २७ लाख आएको उनले सुनाइन् । त्यही भएर उनले चौथो बच्चाको जन्म घरमै दिएकी हुन् । भिडियो कराको युटुवमा हेर्नसकिन्छ ।




