काठमाडौँ । आज बुधबार प्राय सबै देशको विनिमयदर सामान्य मात्रै तलमाथि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ५० पैसा, १ सय ४६ रुपैयाँ २९ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर २९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १४ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




