काठमाडौं– बुधवार सुनको भाउ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार अघिल्लो दिनको तुलनामा छापावाला सुनको भाउ सय रुपैयाँले घटेर ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने तोलामा ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



