काठमाडौँ । समय न हो न कसैले छेक्न सक्छ न सकैले रोक्न नै सक्छ । कुनै एउटा परिधिभित्र रहेको काम पनि समयसँगै आएको बाध्यात्मक परिस्थितीले गर्न बाध्य बनाउँछ ।बोलिचालीको भाषमा पनि भन्ने गरिन्छ ‘झण्डै बाउको बिहे देखेको’ कसैलाई उसले गरेको गल्ती भन्दा बढी सजाय वा दुख दिनुलाई बाउको बिहे देखाइदिन्छु भन्ने चलन रहेको छ ।

वास्तवमा भन्ने हो भने छोराछोरीले बाउ आमाको बिहे देख्न असम्भव भएकै कारण यो भनाइ भन्ने चलन रहेको हो । यद्यपी आमाको बारेमा त झन कुनै उखान नै छैन् । आमाबाबूको बिहे देख्नु र छोराछोरीले बाबूआमाको विवाह अन्यत्र गर्दिने भन्ने कुरा कल्पना मात्रै हुन् । तर समाज परिवर्तन भएसँगै जुन कल्पना समेत नगरिएका घटनाहरु ठिक विपरित भएर देखिन थालेका छन् । छोराछोरीले बाबूआमाको विहे गराइदिने कुरा सामान्य जतिक बन्दै गएका छन् ।

यस्तै एउटा घटनाले यतिबेला सामाजिक सञ्जालमा छाइरहेको छ । भारतमा भएको यो घटना निकै रोचक रहेको छ । बाबूको निधनभएपछि छोरीले आमालाई जीवन साथी खोजेर विवाह गरिदिएकी छन् । चर्चित वेबसायडमा भारतकी एक महिला संहिता अगैवालले आफ्नी आमाको दास्रो बिहे बारे गर्वको साथ लेखेकी छन् । जुन सुन्दा कुनै फिल्मको काल्पनिक दृष्य जस्तै लाग्छ ।

‘ आमा दिदी र मलाई २ वर्ष अगाडी नै टुहुरो बनाएर बुबाले ५० वर्षको उमेरमानै परलोक हुनुभयो । दिदीको विहेवारी भइसकेको छ । उनी आफ्नै परिवारमा रमाइरहेकी छन् । म र आमा निकै पिडादयी जिवन बिताउन बाध्य छौँ । बूबाको निधनले मलाई भन्दा धेरै आमालायृ पीडा भएको छ । उहाँ हरेक समय बूबाको तस्वीर हेरेर घण्टौ बिताउनुहुन्छ । बूबाले लगाएको कपडा बारम्बार सुम्सुम्याउँदै बस्नुहुन्छ ।

म कामकाजी भएको कारण म दिउँसोको समय बाहिर नै बिताउँछु । तर यता आमा दिनभर बूबाकै सम्झनामा टोलाइरहने कुरा मैले छिमेकी बाट पत्ता लगाए । म कामको सिलसिलामा एक दुई हप्ता नै बाहिर बस्नुपथ्यो । यसले मलाई सताइरहन्थ्यो । मैले आमासँग जागिर छोड्ने कुरा गर्दा उहाँले नछोड्न भन्नुभयो । तर म नहुँदा आमालाई धेरै गाह्रो भएको मैले थाहा पाए । मैले उहाँसँगै सधै सँगै रहने एक जना साथीका आवश्यक भएको महसुस गरे । त्यसपछि साथी आवश्यकता भनेर एक वेयबसाइडमा आमाको फोटो सहित बायोडाटा र सम्पर्क नम्बर पनि राखिदिए ।

त्यसपछि मेरो मलाई दैनिकजसो धेरैको फोन आउन थाल्यो । अनि एक दिन आमाको उमेरसँग मिल्ने सरकारी जागिरेसँग कुराभयो । तर आमालाई मनाउन निकै गाह्रो भयो । आमासँग मैले यी सबै कुरा राखे तर आमाले बाँकी समय एक्लै बितउने प्रण गर्नुभयो । तर मैले कोसिस जारी राखे । किनकी म आमालाई दुखी भएको देख्न चाहदिनथे । आमालाई बारम्बार भन्ने गर्थे उमेर हुँदा त चल्ला तर उमेर बढ्दै गएपछि गाह्रो हुन्छ । यस्तै यस्तै कुरा गरेर आमालाई सम्झाउन सफल भए । आमा मान्नु भयो । मैले खोजेकै बुबामा उहाँ खुसी हुनुभयो ।

केही समय अगाडी मैले आमाको बिहे गरिदिए आमालाई बुबाको परिवार सहर्ष स्वीर गरेपछि म पनि सफल भए । आमाको मुहारमा एक प्रकारको खुसी देख्दा म आफैलाई स्वर्ग जस्तै लागेको छ । समाजले मलाई जे भनेपनि मतलब छैन तर मेरो आमाको मुहारमा देखिएको खुसीले म गर्व गर्न लायक छु । ’ विश्वभर रहेका करोडौँ मानिसले पढेको यो वास्तविक घटना अहिले समचार पत्रहरुमा मुख्य समाचार बनेको छ । एक छोरी एक विधुवा आमाको विवाह गरे आमाको मुहारमा आएको खुसी र ती छोरीको प्रयासलाई प्रसंसा गनरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah