काठमाडौ । नेपाली चलचित्र क्षेत्रमा यत्तिबेला कसिस दाहालले एक प्रकारको रोशनी छर्ने लक्षण देखाइ रहेकी छिन । जुन लक्षणको कारणले गर्दा पनि हुन सक्छ बुटवलमा सुटिँगको तयारीमा रहेको चलचित्रको नाम पनि रोशनी राखिएको छ भने उक्त चलचित्रको सिर्ष भुमिकामा उनै कसिस दाहाल देखिदै छिन । प्रेम कथामा आधारित चलचित्र रोशनीको शुभमुहुर्त काठमाण्डौंको भद्रकालिमा भएको छ । चैत्र १४ गतेदेखि बुटवलको प्राकृतिक रंगिन शहर र गाउँ परिवेशमा सुटिँग चल्ने भएको छ ।

आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्द आवाज उठाइएको ‘रोशनी’ चलचित्रमा अन्तरजातीय प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ ।दिक्षान्त मुभिज कृयशनको व्यानरमा निर्माण हुन लागेको ‘रोशनी’को निर्देशन खुम सुनारले गरिरहेका छन् । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जु लगायत रहेका छन् ।

कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतरण भइरहेकी छीन् भने मधेशी, मैथिली, भोजपुरी लगायतको चलचित्रमा अमिट छाप समेत छोड्न सफल छिन । प्रदर्शनको तयारीमा रहेको जीवन श्रेष्ठको छायांकन तथा बाबू बलामीको निर्देशन रहेको नेपाली चलचित्र “क्विन” तथा अर्को चलचित्र ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस मुजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् ।
हुन पनि हो सुन्दरताले भरिएकी मात्र नभई एक्शन, डायलग र एक्टिँगमा निखारिएकी कसिस दाहाल यतिबेला प्रेममा आधारित कथानक चलचित्र ‘रोशनी’ को सुटिँगमा सक्रिय भएकी छिन । अभिनय बाहेक अर्को क्षेत्रको आफ्नो सपना र बिपना नभएको बताउने कसिस सफल अभिनेत्री बनेर सिने आकाशमा छाइ रहने अठोटमा अडिग छिन।











