साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै सोमबार तेजावी सुन ५९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ ।
साथै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
सोमबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



