दमक/रमेश लुइटेल र नेत्र लुइटेल दमकमा अब नौलो नाम होइन । सानै उमेरदेखि ब्यापार ब्यवसायमा संलग्न रहेर दमकमा छुट्टै पहिचान स्थापित गरेका उनिहरु बिगत एकदशक अघिदेखि दमकमा ब्यवसायिक क्षेत्रमा जम्दै आएकाछन् । साइवर ब्यवसायबाट नेश्नल ट्रड एण्ड कम्यूटर सप्लायर्ष खोलेका उनिहरुले नयाँ पहिचानका साथ फेरि नेशनल इलोक्ट्रोनिक्स पसल शुरु गरेकाछन् ।
जागरिला युवा ब्यवसायिको पहिचान बनाएका लूइटेल दाजुभाइले उपभोक्ताहरुलाइ गुणस्तरिय इलोक्ट्रोनिक सामाग्रिहरु उपलब्ध गराउनका लागि आफूहरुले यो कदम चालेको बताए । यहाँ सामसुङ लगायतका बिश्वमा नाम चलेका ब्राण्डहरुका इलोक्ट्रोनिक्स सामाग्रिहरु बिक्रि हुनेछन् ।
दमक उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य र उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश प्रशाइले संयुक्त रुपमा उक्त इलोक्ट्रोनिक्स पसलको उद्घाटन गरेका थिए । ईलोक्ट्रोनिक्स ब्यवसायि संघ दमकका अध्यक्ष तुलराम न्यौपाने, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाइ, द्धितिय उपाध्यक्ष युवराज घिमिरे लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय