गलेश्वर । केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुँदै गएको म्याग्दीमा गरिएको केरा खेतीमा कोत्रे र गबारो किराकोे प्रकोप देखिएको छ। कीराको प्रकोपका कारण केरा किसान चिन्तित भएका छन्। केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि उनीहरू चिन्तित बनेका हुन्।

यस वर्ष केरामा कोत्रे, गबारो, ढुसी, जुकालगायत कीरा लागेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको ज्यामरुककोट केरा उत्पादक सङ्घका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए। “कोसा लाग्न लागेको बोटमा विभिन्न रोगकीरा देखिएका छन्”, कार्कीले भने, “यस वर्ष उत्पादनमा ठूलो ह्रास आउने भएको छ।” विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उनको भनाइ छ।

जिल्लाका ज्यामरुककोट, अर्मन, बाबियाचौर, रत्नेचौरलगायतका क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन्। यही समस्या कारण आफूले यो वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको खबराका कृषक द्रिवल घिमिरेले बताए। “अघिल्लो वर्ष ५०० बोटा केरा लगाएको थिएँ”, उनले भने, “रोगले अधिकांश बोट सखाप भए, अहिले २०० मात्र लगाएको छु।”

किसानले बगैँचा व्यवस्थापन गर्न नसक्दा यस किसिमको प्रकोप दोहोरिने गरेको कृषि ज्ञान केन्द्र, म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए। केराको बोट परीक्षण नगरी ल्याउनु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको उनको भनाइ थियो।

म्याग्दीमा गत वर्ष रु एक करोड २० लाख बराबरको केरा उत्पादन भएको र त्यसमध्ये एउटै गाउँमा मात्र केरा बिक्री गरेर रु ५५ लाख भत्रिएको किसानले बताएका छन्। जिल्लाका ३०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah