एजेन्सी । अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएका छन्। एकै अस्पतालमा कार्यरत उनीहरु एकै युनिटका हुन्। डेलिभेरी युनिटमा कार्यरत सबै सहकर्मी हुन् । आश्चर्य रुपमा उनीहरु एकैसाथ गर्भवती भएका हुन्। उनीहरुको बच्चा जन्मिने मितीसमेत लगभग उस्तै रहेको जनाइएको छ।

ओरिजन राज्यस्थित पोर्टल्यान्डमा रहेको मेइन अस्पतालका अनुसार आफ्ना अस्पतालमा कार्यरत नर्सहरुले यसै वर्षको अप्रिल र जुलाईमा बच्चा जन्माउनेछन्।उनीहरु एकसाथ आमा बन्ने भएका छन् । ‘पालैपालो गर्भवती भएको कुरा सुनाउन थाल्यौ।’ नर्स इरिन ग्रेनरले भनिन्,‘प्रत्येक पटक प्रत्येक दिनजस्तै यस्ता खबर सुन्दा हामीहरु खुशी साथै अचम्मित भएका थियौं।’

मेइन अस्पताले ९ जना नर्सलाई सामाजिक सन्जालमा शुभकामना दिएको छ। साथै सबैले सामूहिक तस्बिर समेत खिचाएका छन् । अस्पतालले आफूहरुसँग पर्याप्त नर्स भएका कारण ढुक्क भएर आमाको भूमिका निर्वाह गर्न नर्सहरुलाई शुभकामना सन्देश जारी गरेको छ । अस्पतालले भनेको छ,‘चिन्ता नलिनु, हामीसँग त्यसको उपाय छ।’ एकै युटिनका नर्स भएका कारण अस्पताललाई अप्ठ्यारो हुने अनुमान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah