काठमाडौँ । प्रेम सम्बन्धमा रहेका हरेक जोडीको चाहना हुन्छ सम्बन्ध कहिल्यै नछुटोस् । सधै सँगै र खुसी रहन पाऊ । तर कुनै बेला चाहँदा चाहँदै पनि सम्बन्धबाट टाढिएका प्रेम जोडीहरु धेरै रहेका हुन्छन् । आजकालका युवा युवतीमा प्रेम सम्बन्धमा धोका पाउनु बिछोडिनु सामान्य जतिकै भएको छ ।

साँचो माया गर्नेहरुले नै प्रेममा धोका पाएका हुन्छन् भन्ने कुरा एक प्रकारको प्रचलन नै बनिसकेको छ । त्यसकारण यस्तै प्रेममा धोका खाएका युवा युवतीलाई लक्षित गरेर प्रेममा हुने धोका बाट कसरी बच्ने भन्ने केही उपायहरु बताउन गइरहेका छौँ ।
आफ्नो प्रेमीकालाई समय दिने : यदि प्रेममा धोका खाइने पो होकी भन्ने डर लाग्छ भने समयको ख्याल गर्नुपर्छ । कयौँ व्यस्तातालाई छोडेर भएपनि प्रेमीलाई समय दिनुपर्छ । कम समय मात्र सम्पर्कमा रहँदा पनि समस्या आउने भएकाले प्रेम जोडीले समयको ख्याल गर्नु पर्छ । आफ्नो पार्टनरसँग राम्रो समय बिताउनु पर्छ ।
व्यक्तिगत कुरामा ध्यान नदिने : आफ्नो प्रेमलाई सफल बनाउन चाहनुहुन्छ भने व्यक्तिगत कुरामा भन्दा बढी मायामा केन्द्रित रहनुपर्छ । व्यक्तिगत कुरामा बढी चासो दिने गर्दा मजाकको पात्र बन्ने भएकाले सम्पूर्ण घरायासी कुराहरु प्रेमीसँग खोल्न जरुरी छैन् । यस्तो कुरामा ध्यान नदिँदा उनीहरुले केही स्वार्थ लुट्न सक्छन् ।
पूर्ण विश्वास हुनुपर्छ : हरेक प्रेम जोडीले आफ्नो प्रेमी प्रति पूर्ण विश्वास भएमा मात्रै सफलता मिल्न सक्छ । दुई बीचमा हुने संका उपसंकाको कारण सम्बन्ध धरापमा पर्न सक्ने भएकाले आफ्नो पार्टनर अरसँग बोल्दा शंका गर्नु हुँदैन् । किनकी प्रेममा विश्वास हुन जरुरी छ । त्यसकारण पार्टनरसँग पूर्ण विश्वस्त रहनुपर्छ अनि मात्रै प्रेमले पूर्ण रुप पाउँछ । प्रेमीसँग बोल्नु मजाक गर्नुलाई फरक ढंगले हेर्नु गलत हुनेछ । यसको परिणाम सोचेभन्दा रुपले आउँछ ।



