काठमाडौ । हाल एक घटनाले न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा निकै चर्चामा आएकी छिन् । उनी यसभन्दा पहिले प्रधानमन्त्री भएको बेला बच्चा जन्माएर सुत्केरी बिदापछि पुन कार्यभार समालेकी थिइन् । जसको विश्वभर चर्चा भएको थियो । त्यसैले उनी राष्ट्रप्रमुख भएको बेलामा बच्चा जन्माउने विश्वकै दोश्रो महिला पनि हुन् । तर यति मात्र होइन् उनी बेलाबेलामा आफ्नो कर्तव्य पालनाको कारण चर्चा आइरहन्छिन् । आज हामी उनले गरेको एक अनौठो घटनाको बारेमा कुरा गदै छौ ।

केही समय अगाडि प्रधानमन्त्री जेसिन्डाले एक सामान्य महिलाको बिल तिरिदिएकी छिन् । केही समय अगाडि प्रधानमन्त्री जेसिन्डा आम जनताजस्तै गरी एउटा सपिङ मलमा शपिङ गर्न पुगेकी थिइन् । सोही पसलमा अन्य ग्राहकहरुको पनि घुइचो थियो । प्रधानमन्त्री पनि आफुले सामान किनेर बिल तिर्न कान्उटर गइन् । त्यसैक्रममा एक महिला पनि काउन्टरमा आफ्नो पैसा तिर्नको लागी पर्स खोजिरहेकी थिइन् । त्यसपछि पसलेले के भयो भनेर प्रश्न गर्दा ती महिलाले आफुले पर्स घरमै छोडेको भन्दै निकै अत्तालिन ।
त्यसपछि ती महिलाको पछाडि पैसा तिर्नको लागी प्रधानमन्त्री जेसिन्डा लाइनमा बसेकी थिइन् । उनले ती सामान्य महिलाको चुप लागेर सबै बिल तिरिदिइन् । पछि ती महिलालो आफ्नो बिल तिर्ने मान्छे खोज्दै जादा प्रधानमन्त्री भएको थाहा पाएपछि अचम्मित भइन् । त्यसपछि प्रधानमन्त्री जसिन्डाको सबै जनताले खुलेर प्रशंसा गरेका थिए ।



