काठमाडौँ । सामान्यतया १ देखि २ वर्षका बच्चाहरुले पिसाबलाई नियन्त्रण गर्न सक्दैनन् ।उनीहरुले पिसाब लाग्ने बित्तिकै आमाबाबूलाई भन्न नसक्ने हुँदा ओछ्यनमै पिसाब गर्ने गर्छन् । यस्तो बानी कम उमेरका अधिकांश बच्चामा देखिन्छ भने अक्सर केही युवावस्थाको व्यक्तिमा पनि नगन्य मात्रामा यस्तो समस्या हुने गर्छ । यसलाई अंग्रेजीमा यसलाई बेड वेटिंग पनि भन्ने गरिन्छ ।

पाँच देखि ७ वर्ष उमेर समूहका व्यक्तिमा निन्द्रामा नै पिसाब फेर्ने बानी रहेको हुन्छ । निरन्तर यो उमेर समूहको व्यक्तिमा यस्तो समस्या देख्नु भनेको हिनताबोध हुनु वा किड्नीमा समस्या आउनु हो । त्यसकारण यो रोगलाई सामान्य रुपमा लिनु हुँदैन । तत्काल उपचार गर्नुपर्छ ।

जान्नुहोस् केहो बेड वेटिङ : सामान्यतया कम उमेरको केटा केटीमा देखिने यस्तो समस्यालाई बोलिचालीको भाषामा ओछ्यान मुत्नु भन्ने गरिन्छ । यस्तो सस्यालाई लिएर बाबुआमा बेलैमा सचेत भएनन् भने पछि गएर यहि समस्यले ठूलो रुपमा देखा पर्न सक्छ । यस्तो समस्या ८५ प्रतिशत बच्चाहरुमा पाँच वर्षको उमेर भएपछि मात्रै ओछ्यानमा पिसाब फेर्न कन्ट्रोल गर्न सक्छन् । यस्तो समस्या १० वर्षको उमेर पछि १५ वर्ष उमेर भएका केही व्यक्तिमा मात्रै देखिन्छ ।

किन हुन्छ यस्तो समस्या ?

जेनेटिक फ्याक्टर : कम उमेरका बच्चामा ब्लाडर नसा म्योच्योर नभएकाले पिसाब कन्ट्रोल गर्न सक्दैनन् । ६ वर्षदेखि ८ वर्ष सम्मका बच्चामा मुत्राशय म्याचोर भइसकेको हुन्छ ।
यस्तो समस्या आफ्नो मातापिताको कारण पनि हुने गर्छ । कुनै समय आफ्नो माता पितामा यस्तै समस्या रहेको थियो भने बच्चामा पनि देखिने गर्छ ।

हार्मोनल फ्याक्टर : मानव शरिरमा पिसाब कन्ट्रोल गर्ने एक प्रकारको हर्मोन रहेको हुन्छ । त्यो हो एन्टी युरेटिक हार्मोन्स । राती सुतेको समयमा केही केटाकेटीमा एन्टी युरेटिक हर्मोन्स कम हुने भएकाले यस्तो समस्या आउने गर्छ । केही बच्चाहरुमा मुत्राशयको कम क्षमताको कारण पनि समस्याहरु देखिने गर्छन् । १२ वर्ष उमेर समूहका व्यक्तिमा ४ सय देखि ५ सय एमएल पिसाब अट्ने क्षमता रहेको हुन्छ ।

स्लिप डिसअर्डर : केही बच्चाहरु गहिरो निन्द्रामा सुत्ने भएकाले हतपत निन्द्रा नखुल्ने हुँदा उनीहरु ओछ्यानमा नै पिसाब फेर्ने गर्छन् । यस्तो समस्या कब्जियत, दिमागको सुस्तिको कारण पनि हुने गर्छ । पेटमा जुका हुन्, मृगौलाको समस्या देखिनु, मुत्राशय शोथ हुनु, पथरी हुनु, मन्दबुद्धीको हुनु, मानसिकरुपमा अविकसित हुनु, असुरक्षा, डर, मनमा कुनै द्धन्द, गाली जस्ता कुराहरु सहन सक्ने क्षमता भएन भने पनि पिसाब फेर्ने गर्छन् ।

यस्तो समस्याको लक्षणहरु केके हुन् त ?

बच्चा लजाएर संकोच मानेर बस्ने

शारिरिक रोग पेट दुख्ने

पिसाब पोल्ने

मलद्धार चिलाउने आदि ।

ओछ्यानमा पिसाब फेर्ने समस्या भएका व्यक्तिले के गर्ने

१.राती सुत्दा कोल्टे परेर सुत्ने ।

२. सुत्नु अगाडी पिसाब फेरेर मात्रै सुत्ने ।

३. बच्चाको आत्माविश्वास बढाउन उसको राम्रो कुराको प्रसंशा गर्ने ।

४. बच्चाले ओछ्यानमा पिसाब नफेरेको दिन स्याबासी दिने ।

उपचार कसरी गर्ने ?
ओछ्यानमा पिसाब फेर्ने बानी भएका बच्चाको अवस्था हेरेर चिकित्सकको सल्लाह लिएर केही टेस्टहरु गराउने । जसमा पेटको एक्सरे, युरिन टेस्ट गर्न लगाउने । कहिले काँही बच्चा दिनमा नै धेरै पटक पिसाब गर्ने भएकाले युरिन चार्ट बनाउने । होमियोप्याथिक औषधीको प्रयोग मार्फत बेड वेटिंको समस्यालाई समाधान गर्न सकिन्छ । त्यसको लागि लक्षण हेरेर विज्ञ चिकित्सकको सल्लाह बमोजिम उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah