काठमाडौ । चीनको हुनान प्रान्तको जियांगमा प्रहरीबाट भागेको चोेरलाई प्रहरीले नै उद्धार गरेको छ । प्रहरी चोरलाई पक्राउ गर्न उनी बसेको भवनमा पुगेपछि डरले भाग्ने क्रममा भवनको २२ औ तल्लामा अड्किएका थिए ।त्यसपछि ती युवकले प्रहरीसमक्ष आफुलाई बचाउन भन्दै चिच्याएका थिए ।

प्रहरीको अनुसार ती युवकले चक्कु देखाउदै चोरी र लोट पाट गर्नुका साथै लागुपदार्थको दुव्र्यसनीमा फसेको थाहा पाएपछि ती युवक बसेको भवनमा समात्न पुगेका थिए । तर उनी झ्यालबाट भाग्दा भाग्दै अचानक एक हात खुस्किएर झ्यालमा झुण्डिएपछि बचाउन आग्रह गरेका थिए । त्यसपछि प्रहरीले उनलाई आत्मा समपर्ण गर्न लगाएर उद्धार गरेको जनाएको छ ।
पक्राउ परेको ती युवकले भर्खरै मात्र स्टोरबाट एटिएम कार्ड चोरेर खाताबाट १० हजार युआन (एक लाख ६५ हजार रुपैयाँ) निकालेर भागेको प्रहरीले जनाएको छ । त्यसपछि उनको प्रहरीले खोजी कार्य सुरु गरेको थियो । उनले यसभन्दा पहिले पनि धेरै ठाँउमा चोरी गरिसकेका थिए । हाल उनलाई जेल चलान गरिएको छ । हेरौ भिडियो



