एजेन्सी, २९ चैत । अजिंगर र गोहीले आफ्नो छेउमा पुग्ने जनावर वा मानिसलाई क्षणभरमै आफ्नो आहारा बनाउन सक्छन् ।
तर, इन्डोनेसियामा एक परिवार यस्तो छ, जो आफ्नो तीन वर्षीया छोरीले अजिंगर र गोहीसँग खेलेको दृश्य निर्धक्कसँग हेर्ने गरेको छ ।

टाङ्गरङ्ग सिटी निवासी महारानी नाम गरेकी ती बालिका साढे चार मिटर लामो अजिंगरसँग मस्त खेलिरहेको भिडियो भाइरल भएको छ । मुखमा घाउ भएको अजिंगरलाई काखमा तानेर औषधि लगाइदिन्छिन् । उनी आफ्नै घरमै रहेको गोहीको दाँत सफा गरिदिन्छिन् ।
उनका बाबु घाइते जनावरहरुको हेरचाह गर्दै आएका छन् । ती बालिकाले आफ्नै पिताबाट ‘जनावर प्रेम’ सिकेको जनाइएको छ । अजिंगर र गोहीसँग ती बालिकाको आत्मीयता बढेको एक वर्ष भइसकेको परिवारको भनाइ छ ।




