एजेन्सी । केही यस्ता कुराहरु रहेका छन् जसबारे जान्न युवतीहरु ललायित हुन्छन् । प्रेममा परेको मानिसको चालढाल नै फरक हुन्छ । महिला र पुरुष दुवैको व्यवहार प्रेमले परिवर्तन गरिदिन्छ । यहाँ हामी प्रेममा परेका केटाहरूले कस्तो लक्षण देखाउँछन् बताउँदैछौं । युवकको कुरामा आएका परिवर्तनलाई बुझ्न के कस्ता कुरामा ध्या दिने ?

तपाईंको केटा साथीले तपाईंसँग बजारमा किनमेल गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ ।
उसले तपाईंप्रति प्रेमभाव देखाएको हो । उसको अनुरोधलाई स्वीकार गरेर शपिङमा लैजानुस् । केही कुरा तपाईं सुन्नै चाहनु हुँदैन तर केटा साथीले त्यही कुरा भन्छ ।
तपाईंको हितका लागि उसले प्रस्ट कुरा गरेर साँचो भावना देखाएको हो । ऊ तपाईंलाई प्रेम गर्छ ।
पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् । प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।



