काठमाडौं । कसैबाट ऋण लिएको छैन भनेर ढुक्क हुनुहन्छ भने सावधान, तपाईले ऋण नलिएपनि तपाईको काँधमा ३७ हजार भन्दा ऋण रहेको तथ्यांकले देखाएको छ । प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेको हो। वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ। नेपाल सरकारको कूल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

प्रतिव्यक्ति सात हजार थप
आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ।

उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।

बेरूजु झनैबढ्यो
२०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्‌र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप एक खर्ब ४१ अर्ब पाँच करोड रुपैयाँ बेरुजु थपिएको छ।

कूल बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। लेखापरीक्षण तथा सम्परीक्षणबाट नौ अर्ब ७० करोड असुल भएको छ।

अध्यावधिक कारबाही गरी टुङगो लगाउनु पर्ने रकम पनि आर्थिक वर्ष २०७४/७५ मा एक खर्ब ८३ अर्ब रुपैयाँले बढेर छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah