काठमाडौं – भारतको मध्य प्रदेशको झाबुवामा गाउँलेहरूले गरेको निर्णय विवादास्पद बनेको छ । प्रेमीसँग भागेको आरोपमा एक विवाहित महिलालाई गाउँलेहरूले आफ्ना पतिलाई काँधमा हालेर घुमाउने आदेश दिए । उनले पतिलाई काँधमा बोक्ने क्रममा गाउँका केही युवा र वृद्धहरू पीडित महिला वरिपरि नाचे र सेल्फी पनि लिए ।

घटनाको भिडियो भाइरल भएपछि प्रहरीले तुरुन्तै कारावही गरेर दुई आरोपितलाई पक्राउग गरेको छ । विवाहिता महिला छिमेकी गाउँका एक युवकसँग प्रेम गरेर पतिलाई छोडी उसैसँग भागेका कारण गाउँलेहरूले उनलाई अमानवीय सजाय दिएका हुन् ।
भाइरल भएको भिडियोमा स्पष्टै देखिन्छ, महिला आफ्नो काँधमा पतिलाई बोकेर हिँडिरहेकी छन् र वरिपरि दर्जनौं गाउँले उनीमाथि व्यंग्य कस्दैछन् । केही मानिस नाचिरहेका छन् भने केही चाहिँ यो दृश्यलाई क्यामराले खिचिरहेका छन् ।
झाबुवाका एसपी विनीत जैनले भने, ‘भिडियोको जानकारी पाउनेबित्तिकै हामीले तत्काल कारवाही ग–यौं । सबै आरोपितविरुद्ध हामीले केस दर्ता गरेका छौं । आरोपितहरूको पहिचान भइसकेको छ । दुईजना पक्राउ पजि परिसकेका छन् । अहिले हामी महिलाको बयान लिइरहेका छौं ।’
#WATCH Madhya Pradesh: Villagers force a woman to carry her husband on her shoulders as a punishment in Devigarh, Jhabua allegedly for marrying a man from a different caste. (12.4.19) pic.twitter.com/aNUKG4qX7p
— ANI (@ANI) April 13, 2019



