आज ८ मार्च । अन्तर्राष्ट्रिय महिला दिवस । यसको सुरुवातचाहिँ सन् १९१७ बाट भएको थियो । रुसको पेट्रोगार्डमा सन् १९१७ मा यही दिन गलैँचा उद्योगका महिलाहरूले आफूमाथि भएका अन्यायविरुद्ध र महिलाले समान हक पाउनुपर्ने माग गर्दै र्या‍ली निकालेका थिए । त्यो र्या‍लीले पूरै सहर भरिएको थियो । यही नै रुसी क्रान्तिको सुरुवात मानिन्छ । लगत्तै यो दिन सोभियत रुसले सार्वजनिक बिदा दिने निर्णय गर्यो‍ । कम्युनिस्ट देशहरूमा ८ मार्चलाई महिला दिवसका रूपमा मनाउन थालेपछि सन् १९७७ देखि संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मान्यता दियो । यही सन्दर्भमा अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा तयार पारिएको विश्वकै शक्तिशाली महिलाहरूबारे फिचर :

१. एन्जेला मर्केल, जर्मन चान्सलर
संसारका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा मात्र होइन, शक्तिशाली नेताहरूको सूचीमै पर्छिन्, जर्मन चान्सलर एन्जेला मर्केल । ६२ वर्षकी मर्केल सन् २००५ मा पहिलोपटक जर्मनीको चान्सलरमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनले लगातार दोस्रोपटक चान्सलरमा विजयी भइन् । सन् २०१३ मा तेस्रोपटक चारवर्षे कार्यकालका लागि उनी निर्वाचित भइन् । अहिले युरोपेली युनियन तथा युरोपेली अन्य मुलुक पनि मर्केलका कुरालाई गम्भीर रूपमा लिन्छन् । विश्वमा आर्थिक मन्दी तथा राजनीतिक विषय र आप्रवासीका विषयमा उनका विचार महत्वपूर्ण मानिन्छन् । उनले फिजिक्समा विद्यावारिधि गरेकी छिन् । फोब्र्स पत्रिकाले उनलाई सन् २०१५ मा पहिलोपटक विश्वकै शक्तिशाली महिलाको सूचीको एक नम्बरमा राखेको थियो ।

२. थेरेसा मे, बेलायती प्रधानमन्त्री
बेलायतकी दोस्रो महिला प्रधानमन्त्री थेरेसा मे अहिले विश्वका शक्तिशाली महिलाको सूचीको दोस्रो नम्बरमा छिन् । १३ जुलाईमा बेलायतमा भएको जनमतसंग्रहपछि डेभिड क्यामरुनले प्रधानमन्त्री पद छाडे । इयुमा रहने वा नरहने विषयमा भएको यो जनमसंग्रहमा ‘नरहने’ले जितेपछि डेभिडले राजीनामा दिएका थिए । त्यसपछि थेरेसासँग बेलायतलाई युरोपबाट छुट्याउने प्रक्रिया थालनी गर्ने चुनौतीलाई सामना गर्ने अवसर मिल्यो । त्यसो त सन् २०१३ देखि थेरेसा मे बेलायतकी आन्तरिक मामिलामन्त्री थिइन् । इयुबाट बेलायतको यो विछोडलाई मूर्त रूप दिन उनले लिएका कदम र उनले अन्तर्राष्ट्रिय विषयमा राखेका अडान र नयाँ कार्यनीतिको कार्यान्वयनका कारण उनलाई विश्वकै शक्तिशाली महिलाका रूपमा लिइन्छ ।

३. हिलारी क्लिन्टन, अमेरिकी राजनीतिज्ञ
सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित हिलारी क्लिन्टन अहिले पनि विश्वका शक्तिशाली महिलाको सूचीमा पर्छिन् । राष्ट्रपतीय निर्वाचनमा पहिलोपटक प्रमुख दलकी महिला उम्मेदवार बनेकी ६८ वर्षकी क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला थिइन् । त्यति मात्र होइन, उनी बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा अमेरिकी विदेशमन्त्री पनि भइन् । अहिले पनि हिलारीका निकै धेरै फलोअर्स भएको र उनका अजेन्डामाथि विश्वमा बहस हुने, उनले महिला सशक्तीकरणमा विशेष भूमिका खेलेको भन्दै उनलाई फोब्र्स पत्रिकाले विश्वका शक्तिशाली महिलाको सूचीमा राखेको छ ।

४. मेलिन्डा गेट्स, अमेरिकी समाजसेवी
सन् १९६४ मा अमेरिकाको डल्लासमा जन्मिएकी मेलिन्डा गेट्स अमेरिकी समाजसेवी हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सकी श्रीमती मेलिन्डा पहिले माइक्रोसफ्टमै काम गर्थिन् । जब उनले पति बिलसँग मिलेर बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सुरुवात गरिन्, त्यसपछि समाजसेवामा उनको प्रभाव निकै बढ्यो । सन् २०१४ मा यो संस्थाले २८ बिलियन अमेरिकी डलर अनुदानस्वरूप दिएको थियो । त्यसपछिका तीन वर्षमा पनि यो संस्थाले लाखौँको जीवनमा सकारात्मक परिवर्तन ल्याएकाले मेलिन्डालाई विश्वकै शक्तिशाली महिलाको सूचीमा राखेको फोब्र्स पत्रिकाले जनाएको छ । मेलिन्डाले पनि योबीचमा विश्वका चर्चित दर्जनभन्दा बढी सम्मान-पुरस्कार पाइसकेकी छिन् ।

५. आङ सान सु की, म्यानमारकी नेतृ
म्यानमारको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा बिर्सिनै नसकिने नाम हो, आङ सान सु की । सन् १९४५ मा जन्मिएकी सु की सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा बस्न बाध्य भइन् । तर, उनले प्रजातन्त्रका लागि लिएको आफ्नो अडान छाडिनन् । म्यानमारमा प्रजातन्त्रको बहाली नहुँदै सु कीले नोबेल शान्ति पुरस्कार पाइन् । प्रजातन्त्रका लागि लामो समय योगदान गरेकी सु कीको दलले सन् २०१५ को नोभेम्बरमा भएको निर्वाचनमा अत्यधिक बहुमत ल्यायो । म्यानमारकी पहिलो महिला विदेशमन्त्री भएकी सु कीलाई म्यानमारमा ठूलो परिवर्तन ल्याउन सकेकोमा विश्वकै शक्तिशाली महिलामा लिइन्छ ।

६. जिना राइनहार्ट, अस्ट्रेलियाली व्यवसायी
जिना राइनहार्टलाई केही वर्षअघिसम्म कमैले चिन्थेँ । तर, जब उनी अस्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको शीर्ष सूचीमा परिन्, तब उनीबारे निकै चासोसाथ हेर्न थालियो । विश्वकै सबैभन्दा धनी व्यक्तिमा पनि पर्ने जिनाले गत वर्षसम्म पनि अस्ट्रेलियनलाई दैनिक दुई डलरमा काम गर्न अनुरोध गरिरहेकी हुन्थिन् । बर्सेनि एक बिलियन डलर सम्पत्ति बढाउँदै गएकी ५९ वर्षीया राइनहार्ट सिड्नीमा पढ्दापढ्दै विश्वविद्यालय छाडेर पर्थमा बाबुको काम सम्हाल्न पुगेकी थिइन् । त्यसयता उनले खानी उद्योग, मिडिया र अन्य क्षेत्रमा लगानी गर्दै आएकी छिन् ।

७. सेरिल कारा स्यान्डबर्ग, अमेरिकी प्रविधि व्यवसायी
सन् १९६९ मा अमेरिकामा जन्मिएकी प्रविधि कम्पनीकी कार्यकारी, अभियन्ता तथा लेखिका सेरिल कारा स्यान्डबर्ग निकै छोटो समयमा प्रगति गरेकी महिला हुन् । उनी अहिले सामाजिक सञ्जाल फेसबुककी प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) हुन् र लिन इन फाउन्डेसनकी संस्थापक पनि हुन् । सन् २०१२ मा उनी फेसबुकको ‘बोर्ड अफ डिरेक्टर्स’मा निर्वाचित भएकी थिइन् । त्यसो त फेसबुकमा जानुभन्दा पहिले पनि उनले आफ्नो क्षेत्रमा निकै राम्रो गरिसकेकी थिइन् । उनी सर्च इन्जिन गुगलमा काम गर्थिन् । सन् २०१२ मा नै उनलाई टाइम पत्रिकाले विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

-नयाँ पत्रिका दैनिकबाट

– See more at: http://www.nayapage.com/?p=145670#sthash.DwzRzmVK.dpuf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah