दमक/कामना सेवाविकास बैंक लिमिटेडले प्रदेश नं. १ मा आफ्नो सेवा विस्तारलाइ आक्रमक रुपमा अघि बढाएको छ ।

यसै क्रममा मंगलवार सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाता चोकमा आफ्नो ८२औं शाखा कार्यालय स्थापनागरि कारोबार शुरु गरेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैंकका संचालक देव कृष्ण काफ्ले र १ नम्बर प्रदेश प्रमुख सुजन राइले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

राईका अनुसार प्रदेशमा शाखा विस्तारको क्रममा प्रदेश नं. १ मा ६ वटा शाखा पुगेको र शाखा विस्तार धमाधम रुपमा भइरहेका बताए ।

काठमाडौं –३०, ज्ञानेश्वरमाआफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्नभागहरुमा ८२ वटा शाखा र ३७ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको पनि राइले जनाए ।