काठमाडौं–बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।