काठमाडौँ । अफ्रिकी महादेशका सबैभन्दा धनि व्यक्ति अलिको डेंगोटेले आफ्नो बैँकमा रहेको सबै पैसा निकाले पछि सबैजना दंग भए । महादेशको सबैभन्दा धनि व्यक्ति भनिएका उनी १० बिलियन डलरका मालिक हुन् । तर उनले बैँकमा भएको १० मिलियन डलर एकैपटकनिकालेर घर लगेका थिए ।

उनले बैँकबाट लगेको पैसा एउटै कोठामा राखे र यो सबै पैसा आफैले कमाएको हो भन्ने विश्वास नभएसम्म त्यहि पैसा हेरि मात्रै रहे । अघिल्लो दिन घरमा झिकेर ल्याएको सबै पैसा एक दिनभरि कोठामा राखेर हेरेपछि भोलिपल्ट नै बैँकमा लगेर जम्मा गरिदिए ।
त्यसपछि उनले भने ‘म यहि हेर्न चाहन्थे की म साच्चै धनि व्यक्ति हु की हैन् ।’ यसरी आफ्नो घरमा लगेर सबै पैसा हेरेपछि आफु साच्चिकै धनि भएको रहेछु भन्ने कुराको विश्वास गरेका थिए ।



