काठमाडौं, वैशाख ६ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार १०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, बिहीबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, बिहीबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।