एजेन्सी, ९ असोज । विगत पाँच वर्षदेखि द्वन्द्वको चपेटामा परेको सिरियामा पानीको हाहाकार भएको छ । तीव्र द्वन्द्वका कारण सिरियाको ऐतिहासिक सहर एलप्पोमा २० लाख मानिसलाई पानीको अभाव भएको राष्ट्रसंघले जनाएको आजको नयाँ पत्रिकामा खबर छ ।

शुक्रबार राति सिरयाली सेनाले गरेको आक्रमणमा विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोमा पानीको पाइप फुटी आपूर्ति रोकिएको राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय युनिसेफले जनाएको छ ।

त्यसको प्रतिशोधमा एलेप्पोका अन्य सनमा वितरण गरिने पाइपका पम्प पनि बन्द गरिएको छ । ‘पूर्वी एलेप्पो र पश्चिम एलेप्पोमा पानी वितरण रोकिएको छ, जसका कारण त्यहाँका २० लाख मानिस प्रभावित भएका छन्,’ युनिसेफका प्रवक्ता काइरन डायरले भने ।

एलेप्पोका मानिसले फोहोर र संक्रमित पानी खान बाध्य भएको बताउँदै डायरले सर्वसाधारण मानिस जोखिममा परेको डायरले बताए । सोमबार युद्धविराम भंग भएपछि सिरियाली युघ झन् चर्किएको छ । विद्रोहीको कब्जामा रहेको पूर्वी एलेप्पोलाई सेनाले आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर