काठमाडौं, वैशाख ९। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ।

आइतबार छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, आइतबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, सोमबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

आइतबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ।