काठमाडौं – अस्ट्रेलियामा एउटा मुसा हराएर भेटिएको अनौठो खबर आएको छ ।

घरबारविहीन एक व्यक्तिले पालेको मुसा हराएपछि प्रहरीले खोजी गरेको थियो र भेट्न सफल पनि भएको थियो । मुसा र मुसामालिकको पुनर्मिलनको भिडियोसामाजिक सञ्जालमा खुबै शेयर भइरहेको छ ।
भिडियोलाई अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरीले आफ्नो फेसबूक पेजमा शेयर गरेको छ ।
अप्रिल ६ तारिखमा दुई बजेतिर ती व्यक्ति खोरमा मुसा बोकेर एउटा गल्लीमा हिँडिरहेका थिए । उनी मुसालाई पिट स्ट्रीटमा छोडेर शौचालय गए ।
उनी शौचालयभित्रै हुँदा एकजना महिला त्यतैबाट जाँदै थिइन् । उनले मुसालाई कसैले छोडेर हिँडेछ भन्ने ठानिन् । त्यसपछि उनले मुसालाई स्याहार गर्न आफूसँग लगिन् ।
घरबारविहीन व्यक्तिले मुसा हराएको खबर प्रहरीलाई गरेपछि प्रहरीले फेसबूक फलोअर्सको सहायता लियो । उनीहरूले नै मुसालाई मालिकसम्म पु–याए ।
प्रहरीले बेघर व्यक्तिलाई उसको मुसा सुम्पेको भिडियोले धेरैको मन छोएको छ । घटना सिड्नीमा भएको हो ।
एजेन्सी



