काठमाडौँ । ब्रिटेनमा यौनकर्मीसँग शारिरिक सम्पर्कको बेला कण्डम निकालेको भन्दै बलत्कारको आरोपमा एक युवकलाई १२ वर्षको जेल सजाय तोकिएको छ । ३५ वर्षीय लि होगनले शारिरिक सम्पर्कको बेला कण्डम निकालेर सहमतिको शर्त उल्लंघन गरेको भन्दै २० वर्षीय युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसपछि लि लाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको थियो ।
त्यसपछि लि ले बलत्कारको आरोपलाई खारेज गरे । तर ट्रायलपछि उनलाई दोषी ठहर गरियो । पिडित युवतीको अनुसार २ घण्टासम्म शारिरिक सम्पर्कको एक रुपैयाँ पनि पैसा नदिएको र पछि उनले कण्डम निकालेर सहमतिको शर्त उल्लंघन गरेकाले उजुरी गर्न बाध्य भएको बताइन् । त्यस्तै उनले हजुरबुबा र हजुरआमाको हत्या गरिदिने भन्दै धम्की समेत दिएका पिडित युवतीले बताइन् । त्यसपछि उनलाई न्यायधीसले १२ वर्षको सजाय सुनाएको थियो । सजायपछि लि ले रिसाउदै न्यायाधीसलाई नै राती गोली हानी हत्या गरिदिने धम्की दिएका थिए ।
उनलाई यसभन्दा अघि पनि सम्पत्ति नष्ट गरेको, नीजि तस्बिर सार्वजनिक गरेको, अदालतको आदेशको उल्लंघन गरेको र पीडित महिलामाथि अपमानजनक व्यवहार गरेको आरोप लागेको थियो ।




