अमेरिकाको कन्कासस्थित एउटा स्कूलमा विचित्रको स्थिति सिर्जना भएको छ । हो, उक्त विद्यालयका सात शिक्षिकाहरू एकैसाथ गर्भवती भएका छन् ।
खबरका अनुसार, यी सबै शिक्षिकाहरूले आगामी अक्टुबरसम्म बच्चाहरूलाई जन्म दिनेछन् । यस स्कूलको नाम ओक स्ट्रिट प्राथमिक विद्यालय हो । जुन स्कूलका सात शिक्षिका एकैसमयमा गभर्वती भएक हुन् ।
यहाँ कुल १४ शिक्षिकाहरूले पढाउँछन् जसमध्ये अब सात जना मातृत्व बिदामा बस्नेछन् । स्कूलकी प्रधानाध्यापक एश्ले मिलर आधाभन्दा बढी आफ्ना शिक्षिकाहरू गभर्वती भएको सुनेपछि अचम्मित र हैरान परेको बताएकी छिन् ।
प्रधानाध्यापकले आधाभन्दा बढी शिक्षिकाहरू बिदामा बस्ने भएपछि नयाँ शिक्षिका ल्याउने बताएकी छिन् ।




