काठमाडौं, वैशाख १५ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिर्वतन भएको छैन ।

शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ।



