इटहरी |पछिल्लो समय स्टायण्ड अप कमेडी सो युवा पुस्ताहरू माझ निकै लोकप्रिय बन्दै आईरहेको छ । राजधानीमा नेप ग्याजम, कमेडी सर्कल लगायतका सो हरूले दर्शकको मन जितीरहेका छन् ।सोही कुरालाई मध्य नजर गर्दै पुर्वाञ्चलमा पनि राउडीजम इन्टरटेन्मेन्ट ले राउडी द स्टयाण्ड अप कमेडी को अडिसन गत चैत्र महिना देखि सुरूवात गर्दै आईरहेको छ । राउडीजमले प्रत्येक शुक्रबार सुन्दरहरैँचा १०, खोर्साने स्थित आफ्नै कार्यालयबाट अडिसन लिदैँ आईरहेको छ ।

हाल सम्म करिब १०० जना भन्दा बढी सहभागीहरूले आफ्नो प्रस्तुती निर्णायकहरूको अगाडि आएर दिईसकेका छन् भने कलाकारहरू छनौट हुने क्रम पनि बढ्दो रूपमा गईरहेको छ । कमेडीको नाममा दर्शकलाई हसाँउनको लागि छाडा अपशब्दहरू जताततै प्रयोग गरीएको पाईएकोले यस कुरालाई बिल्कुलै समर्थन नगरी झर्रा नेपाली शब्दहरूलाई विशेष प्राथमिकतामा राखिएको कुरा यस कम्पनीको निर्देशक नविनकाजी बस्नेतले बताए भने लुकेर बसेका प्रतिभाहरूलाई उजागर गरी उनीहरूको क्षमतालाई प्रस्फुटन गर्नको लागि राउडीजमले सहयोग गर्ने कुरा अर्का निर्देशक करण चौहानले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालसालै राउडीजमले आफ्नो पहिलो कलाकार सुजन दाहालको ट्रिजर आफ्नो पेज तथा युट्युब च्यानलमा हालिसकेको छ भने उक्त ट्रिजरको फुल भिडियो पनि चाडैँ नै युट्युबमा हाल्ने तयारी गरीरहेको छ । स्थानीय कलाकार जे.बी. थुलुङ्गले यस्ता खालका साे हरूले मनाेरञ्जनका साथै युवा पुस्ताकाे व्यक्तित्वकलामा अभिबृद्धी गर्न सक्ने कुरा व्यक्त गरेका छन् ।