काठमाडौँ । नेपाली भाषसँगै विकास भएको उखान टुक्काको विकास भएको हो । सामान्यतया कुराकानी गर्दै जाँदा कुरामा कुरा मिलाएर उखान जोड्दा कुरा गराइमा गहनता आएको महसुश हुन्छ । साथै कुराकाननीलाई रमाइलो बनाउनको लागि पनि उखान टुक्का जोड्ने परम्परा रहको छ ।

कुराकानीको क्रममा जति रोचक र रमाइलो उखान टुक्का जोड्न सक्यो त्यतिकै बसाइलाई रमाइलो बनाउन सकिन्छ । तर पछिल्लो समय पुराना उखान टुक्काहरु हराउँदै गएका छन् । पुराना पुस्ताहरु भएको घरमा यस्ता उखान टुक्का जोडेर कुरा गर्दा सान्दर्भिक लाग्न थालको छ ।
केही यस्ता उखान टुक्काहरु रहेका छन् जो समयसँगै लोप हुँदै आएका छन् तर ती उखानहरु सान्दर्भिक र अर्थपुर्ण छन् । हेरौँ केके हन् ती उखान टुक्काहरु ।
१.हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला
२.हत्केलामा तोरी उम्रदैन
३.हिराको मोल किराले जान्दैन
४.हेर्दाको राम्रो, दिन खानको चाम्रो
५.हल्लिएको दाँत एकदिन फुक्लन्छ
६.हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ
७. हर्रो नपाउनेलाई जाईफल
८.हँसियाको बिहेमा खुर्पाको गीत
९. सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ
१०. सिपाहिको काम छैन, जर्नेलको मान
११.सालीको आशमा भिनाजुको बनिबास
१२. सम्धीको निहुँले मलाई पनि घिउले
१३.संगैका साथि सिँहदरबार माथी
१४.संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी
१५. सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी
१६. सबै कुकुर काशी गए गु केले खाला
१७.शिरमा टोपी छैन , खुट्टामा खोल
१८.शुक्र उदाए, फर्सी कुदाए
१९.शुरोको मु८८मा काँडाले कोर्दैन
२०. बचनको चोट, मनको घाउ
२१.बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन
२२. बैरो हाँसे, पैरो चल्छ
२३. लानेलाई भन्दा जानेलाई हतार
२४. लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस
२५.लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ
२६. लजालु बुहारी, असनको डेरा
२७. लक्का छोरोलाई के को धक्का
२८. र८८डिको घरमा पोइको के खाँचो
२९.राजाको घरमा नुन को दुस्ख
३०.रावण मरेर लंका खाली हुँदैन



