बैशाख २४ झापा । लामो समय देखि नेपाली लिम्बू संगित क्षेत्रमा आफ्नो संगितिक अनुभव गरीसकेका गायक लेखनाथ चेम्जोङले लिम्बू भाषिक गित लुङमाने हिप्सेरो भिडियो सहित नेपाली संगित बजारमा भरखर सार्वजनिक गरेका छन।
आन्छुमे नसान को शव्द रहेको उक्त गितमा संगित र स्वर भने गायक चेम्जोङकै रहेकोछ। किरात स्पन्दन भाग ४ एल्वममा समेटिएको उक्त गीतको भाव भने विलकुल एउटा असफल माया प्रेमलाई नै दर्साउन खोजिएकोछ। मोरङको रमणिय सुटिङ स्थलहरुमा छायाङकन गरिएको उक्त गितमा कलाकारहरु रामा कुरुम्बाङ, चन्द्रा लिङदम, रोशन चेम्जोङ आदि कलाकारहरुको अभिनय रहेको उक्त गितलाई म्युजिक भिडियो निर्देशन भने भुपेन्द तुम्बाहाफ्फेले गरेका छन। हेर्नुहोस भिडियोः



